नियम ४
संस्थाको छनौट गर्ने कार्यविधि
(१) नेपाल सरकारले नियम ३ मा उल्लिखित आधारमा खुल्ला प्रतिस्पर्धाद्वारा संस्था छनौट गर्ने प्रयोजनका लागि देहायको विवरण खुलाई राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कम्तीमा पन्ध्र दिनको म्याद दिई सूचना प्रकाशन गर्नु पर्नेछ ः–
(क) कामदार पठाउने विदेशी मुलुक र रोजगारदाता संस्थाको नाम,
(ख) कामदारको माग संख्या,
(ग) संस्था छनौट गर्ने आधार,
(घ) दरखास्तसाथ पेश गर्नु पर्ने विवरण,
(ङ) दरखास्त दिने स्थान ।
(२) उपनियम (१) बमोजिम प्रकाशित सूचना अनुसार प्राप्त हुन आएका दरखास्तहरूमध्येबाट नियम ३ मा उल्लिखित प्रत्येक आधार बमोजिम अङ्कभार कायम गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने संस्था छनौट गर्नु पर्नेछ ।